
धनगढी — भैंसीलाई नुहाउँदै गर्दा पोखरीमा डुबेर विराटनगरमा आइतबार दिउँसो एक पुरुषको मृत्यु भएको छ। पोखरीमा डुबेर विराटनगर महानगरपालिका–१८ मुसहरी टोलका ५७ वर्षीय धनीलाल ऋषिदेवको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।
उनका अनुसार धनीलाल भैंसीलाई नुहाउन र पानी खुवाउनका लागि पोखरीमा पुगेको खुलेको छ। त्यस क्रममा अचानक चिप्लिएर पानी जमिरहेको पोखरीभित्र छिरेका उनलाई पछि मृत अवस्थामा फेला पारिएको श्रेष्ठको भनाइ छ। उनका अनुसार शव पोखरीबाट बाहिर निकालेर पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पताल पठाइएको छ।
