शनिबार, असार २०, २०८३
  • होमपेज
  • देश
  • काठमाडौंबाट गाँजासहित एकजना पक्राउ

काठमाडौंबाट गाँजासहित एकजना पक्राउ

  • मङ्लबार, भदौ १, २०७८
सेयर गर्नुहोस् :
काठमाडौंबाट गाँजासहित एकजना पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित थलीबाट प्रहरीले १८ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । सर्लाहीको हरिवन नगरपालिका–९ घर भएका ४२ वर्षीय संजिव राईलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

थली स्थित मिलनचोकमा डेरामा बस्ने राईले लागु औषध गाँजाको कारोबार गरेको सुराकको आधारमा महानगरीय प्रहरी वृत बौद्धबाट खटिएको टोलीले सोमबार उनलाई पक्रेको हो । उनीमाथि वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार