आइतवार, फाल्गुन १०, २०८२
  • होमपेज
  • अर्थ/वाणिज्य
  • सरकारले सार्वजनिक यातायातमा २८ प्रतिशत भाडा बढायो

सरकारले सार्वजनिक यातायातमा २८ प्रतिशत भाडा बढायो

  • बिहिबार, असार ३१, २०७८
सरकारले सार्वजनिक यातायातमा २८ प्रतिशत भाडा बढायो

यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडादरमा भारी वृद्धि गरेको छ।  हाल कायम रहेको मूल्यमा २० देखि २८ प्रतिशतसम्म भाडादर वृद्धि गरिएको हो। विभागका अनुसार यात्रुबाहक सवारीको भाडा सबैभन्दा बढी २८ प्रतिशतले बढेको छ। यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत वृद्धि गरिएको छ।

तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशतले बढाइएको विभागका प्रवक्ता लोकनाथ भुसालले बताए। सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च समबन्धमा विभागले गरेको बजार अध्ययन, विश्लेषण, सरोकारवाला पक्षसँग गरिएको परामर्शका आधारमा भाडा समायोजन गरिएको विभागको दाबी छ।

श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफा लगायत मुख्य सूचकहरूमा देखिएको मूल्यवृद्धिको आधारमा भाडामा समायोजन गरिएको विभागको भनाइ छ। असार २७ गते यससम्बन्धी प्रस्तावमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सहमति दिएको प्रवक्ता भुसालले बताए।

चर्चामा

सम्बन्धित समाचार