
अर्थ जङ्ग शाही/बझाङ्ग जेठ २९ — संसद पुनर्स्थापना गर्ने सर्वोच्च निर्णयको खुसीयालीमा बझाङ्गको खप्तड छान्ना गाउँपालिकामा, अध्यक्ष बर्क बहादुर रोकायाले दीप प्रज्वलन जलाएर उद्दधाटन गरेर मैनबत्ती जलाएका छन्।
नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले बझाङ्गको खप्तड छान्ना गाउँपालिकामा दीप प्रज्वलन गरेको छ । मँगलबार साँझ नेपालको संविधान आकारमा मैनवत्ति बाल्दै उनीहरूले प्रतिनिधि सभा पुनः स्थापना गर्ने सर्वोच्च अदालतको स्वागत समेत गरेका छन् ।
धन्यवाद सर्वोच्च, लोकतन्त्र जिन्दाबाद, प्रतिगमन बाईबाई जस्ता नारा लगाउँदै उनीहरूले सडकमा र्याली समेत गरेका हुन्।
सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको खुसियालीमा नेकपा दाहाल-नेपाल समूह निकट अनेरास्ववियु, कांग्रेस निकट नेविसंघ, विवेकशील पार्टीले दीप प्रज्ज्वलन गरेका हुन्। साँथै दिप प्रज्वलन गरिसकेपछि एक आपसमा आफूहरुले अबिर लगाई खुसी साटासाट गरेका छन्।
