• होमपेज
  • बडिमालिका
  • बाढी र पहिरोको बिचमा ओलेना गाउँ

बाढी र पहिरोको बिचमा ओलेना गाउँ

  • आइतवार, असार २७, २०७८
बाढी र पहिरोको बिचमा ओलेना गाउँ

बाजुरा–बडिमालिका नगरपालिका ४ ओलेना गाँउ चारै तिर बाढी पहिरोको जोखिममा रहेको छ । तल बाट बुढिगंगा नदिले कटान गरेको छ भने, दाँया र बाँया तिर पुरै पहिरो ले गाँउनै उच्च जोखिममा राखेको छ ।
गाउँमा रहेका १२ परिवार उच्च जोखिममा रहेका छन् । त्रासपुणर् वातावरण बसिरहेका छौ, भएको जग्गा बुढिगंगा नदिले बगाइसकेको छ, घर पनि जोखिममा रहेका छन्, अब त ज्यान जोगान पनि मुश्किल रहेको स्थानिय नरेन्द्र नाथले वताएका छन् । गत बर्ष पनि बर्षातले ३ महिना गाउँ उच्च जोखिममा बनेको छ ।
गाँउको तल बुढिगंगा नदिले कटान गरिरहेको छ भने, अर्कोतिर पहिरो आएर आवतजावतमा समस्या भएको बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्टले वताएकि छन् । उपप्रमुख कबिता बिष्टले भनिन्, गाँउ पुरै जोखिममा रहेको छ । गाँउनै अर्को ठाँउमा स्तान्तरण गर्नुपर्ने वताएकि छन् । ओलेन गाँउकि धनकला नाथले भनिन्, जग्गा गएको बर्ष नै सबै बगाईसकेको छ, घर पनि चिरा चिरा भएकाले घर नै जोखिममा रहेका छन् । अब गाँउमा बस्न सक्ने अबस्था छैन्, अन्यत्र जाने पनि कुनै ठाँउ छैन् सरकारले बस्ति स्तान्तरण गरिनुपर्ने वताएकि छन् ।
ओलेना गाँउ भएर आउने साँफे मार्तडी सडक खण्ड समेत चिरा चिरा पारेको छ । पहिरोले सबै सडक तहसहन पारेको छ । बुढिगंगा नदिमा आएका बाढीले सयौ परिवारको खेत जग्गा बगाएको छ भने दर्जनौ घर बगाएको छ । साँफे मार्तडी सडक खण्ड बुढिगंगा नदि किनारा भएर रहेको छ, दर्जनौ ठाँउमा सडक समेत बगाएको छ ।
लगातार बर्षाले बाजुराका दर्जनौ बस्तिहरु पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला प्रशासन कार्यलय बाजुराका अनुसार बाजुरा जिल्ला बाढी र पहिरोको उच्च जोखिममा रहेको वताएको छ । केही बस्ति स्तान्तरण गनुपर्ने साहयक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले वताएका छन् । बर्षातका कारणले जिल्लाको साँफेमार्तडी सडक खण्ड लगायत ग्रामिण सडक अबरोध पुुयाएको छ ।

चर्चामा

सम्बन्धित समाचार