
अर्थ जङ्ग शाही/ बझाङ्ग — कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि बझाङ्गमा जारी भएको निषेधाज्ञा खुकुलो पार्दै सात दिनका लागि थपिएको छ । आइतबार प्रमुख जिल्ला अधिकारी मोहन राज अधिकारीको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले असार ७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
यस्तै खाद्य सामग्रीका पसलहरू, तरकारी, दुग्घजन्य तथा मासु पसल र स्टेशनरी पसलहरू प्रत्येक दिन बिहान ६ बजेदेखि दिउँसो ११ बजेसम्म खुला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी मोहन राज अधिकारीले जानकारी दिए । निषेधाज्ञा खुकुलो भएसँगै सवारी साधन पनि सवारी पास लिई सँचालन गर्न पाईने अधिकारीले बताउनु भएको छ।
यसअघि हप्तामा तीन दिन आइतबार, मंगलबार, र शुक्रबार बिहान ६ बजेदेखि बिहान ९ बजेसम्म खोल्न पाइने निर्णय गरेको थियो । अब सातै दिन खुला हुने भएका छ । यस्तै,बैंक तथा वित्तीय संस्थामा पनि प्रशासनले निषेधाज्ञा खुकुलो पारेको छ । अब बैंक तथा वित्तीय संस्थाहरू बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुनेछन् ।
