मानिशमा सधै सामाजिक बिकाश भएपछि,
संगठन बलियो हुन्छ एकता खास भएपछि।
समस्या त सबैका आ-आफ्नै हुन्छन हजूर,
फरक पर्दैन बिचार भित्र मिठाश भएपछि।
कसरी हुन्छ भन त मन बिमार भए एकता,
सानातिना मतभेदमा सबै निराश भएपछि।
हो सिद्धान्त राम्रो भएर मात्रै पनि त पुग्दैन,
ब्यबहार सदै भरी अमिलो बतास भएपछि।
सधै आफु बस्ने घर सफा र बलियो गराउँन,
फैक्नै पर्छ कसिङ्गरहरु आसपास भएपछि।
औषधी उपचार पनि गर्नु पर्छ जीवीत छँदा,
पछिको उपचारले केफाईदा लाश भएपछि।
एकता पनि बलियो हुन्छ एउटै शन्तान भित्र,
एक आर्कामा मायाँ अनि बिस्वाश भएपछि।
सुरेशकुमार पान्डे।