
दुश्मन रमाएकाछन हाम्रो फुट देखेर,
आपस मा बनाएको चरम गुट देखेर।
हुन्छ उनिहरु लाई त धेरै फाईदा पनी,
हामिभित्र अनुसाशनमै हुने छुट देखेर।
उनिहरुले त चाहेकै हुँन टुक्रा टुक्रा गर्न,
मख्खछन एक आर्कामै लुटालुट देखेर।
शोषक रिसाउँथे शोषितको एकता मा,
बर्गियमायाँ अनि हाम्रो एक जुट देखेर।
आज त खुसि भएकैछन दुश्मन हरुनी,
तिम्रो हाम्रो बिचमा यो कुटा कुट देखेर।
हामिलाई त डर लाग्दैन बर्ग शंघर्ष गर्दा,
किन थर थर पर्छौ क्रान्तिको रुट देख्दा।
सुरेशकुमार पान्डे।
