• होमपेज
  • समाचार
  • ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक

ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक

  • आइतवार, जेष्ठ १६, २०७८
ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन्। ओलीले साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनका अनुसार बैठकमा शनिबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा र पार्टीको आन्तरिक विवादबारे छलफल हुनेछ।

यसअघिको बैठकले माधवकुमार नेपाल पक्षका १२ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो । आजको बैठकमा उक्त कारबाहीबारे छलफल हुनसक्ने बताइएको छ । ओलीले माधवकुमार नेपाल र झलनाख खनालसहितका सांसदलाई स्पष्टीकरण मागेको भएपनि उनीहरुले स्पष्टीकरण नबुझाउने अडान लिएका छन्।

चर्चामा

सम्बन्धित समाचार