• होमपेज
  • समाचार
  • डोटीमा एक महिलालाई ज्युँदै जलाएर मार्ने प्रयास

डोटीमा एक महिलालाई ज्युँदै जलाएर मार्ने प्रयास

  • शुक्रबार, जेष्ठ १४, २०७८
डोटीमा एक महिलालाई ज्युँदै जलाएर मार्ने प्रयास

डोटीमा एक महिलालाई ज्युँदै जलाएर मार्ने प्रयास गरिएको छ।

जिल्लाको आदर्श गाउँपालिका -४ रोडिङ्गे गाउँकी २८ वर्षीया लक्ष्मी भाटमाथि सुतिरहेको अवस्थामा आगो लगाएर मार्ने प्रयास गरिएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आगोले जलेर गम्भीर घाइते भएकी भाटको राजपुरस्थित सुजंङ्ग अस्पतालमा उपचार भइहेकोे छ।

उनीमाथि मध्यरातमा ज्वलनशील पदार्थ छर्केर आगो लगाइएको र पेट्रोल, मट्टीतेल के हो भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दान बहादुर मल्लले बताए।

आगो कसले लगाएको हो भन्ने थाहा भइनसकेको र घटनाको अनुसन्धान भइरहेको उनले बताए।

चर्चामा

सम्बन्धित समाचार