• होमपेज
  • समाचार
  • कोरोनाबाट बुवा, आमा र छोराको मृत्यु

कोरोनाबाट बुवा, आमा र छोराको मृत्यु

एकै घरका तीन जना संक्रमितको मृत्यु

  • शुक्रबार, जेष्ठ १४, २०७८
कोरोनाबाट बुवा, आमा र छोराको मृत्यु

कोरोना भाइरस सङ्क्रमणबाट एकै घरका तीन जनाको मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका –१० कालिकानगरमा रहेका बुवा,आमा र छोराको मृत्यु भएको हो। एक हप्ताको अन्तरालमा ६९ वर्षिय पुरुष, उनका ५९ वर्षीया श्रीमती र ३९ वर्षका छोराको मृत्यु भएको वडाध्यक्ष पदमबहादुर थापाले बताए।

उनकाअनुसार बाबु छोराको उपचारका क्रममा भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा र आमाको होम आइसोलेशनमा बसिरहेका बेला मृत्यु भएको हो।

सङ्क्रमणबाट यही जेठ ५ गते आमा, जेठ ७ गते छोरा र जेठ १२ गते बुवाको मृत्यु भएको हो। घरकी बुहारीलाई पनि सङ्क्रमणका कारण बुटवलको एन्फा टेक्निकल सेन्टरको आइसोलेशनमा राखिएको र परिवारमा भएको घटनाबारे अझै थाहा नदिइएको वडाध्यक्ष थापाले बताए।

चर्चामा

सम्बन्धित समाचार