बाजुरा — बुढिगंगा नगरपालिका वडा न २ निबासी तथा पिसवीन बाजुराकी अध्यक्ष बिमला थापा र बार्जुगाड प्रहरी चौकीका इन्चार्ज राम बहादुर थापाले आफ्नो नाती निष्पक्ष खड्काको दोस्रो जन्मउत्सवको उपलक्षमा बाजुरा जिल्ला अस्पतालमा अक्सिजन ब्यबस्थापनका लागि ५ हजार सहयोग गरेका छन ।
छोरी प्रतिक्षा थापाको छारा तथा थापा परिवारका नाती निष्पक्ष खड्काको दोस्रो बर्षको जन्म उत्सवको अबसरमा नागरिकको स्वास्थ्यमा योगदान पुगाउन सहयोग गरेको बिमला थापाले बताएकी छन ।
कोरोना संक्रमितलाई अक्सिजनको आबस्यक पर्ने र सोको अभाव बाजुराले झेलेको भन्दै जिल्लाका सामाजिक अभियान्ताको अभियानमा अक्सिजन ब्यबस्थापनको लागि थापा परिवारले आर्थिक सहयोग गरेका हुन ।
कोरोना संक्रमणपछि धेरैलाई अक्सिजनको आबस्यकता रहेको भन्दै सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यति बेला अक्सिजन किन्न अभियान संचालन गरे संगै जन्मदिनमा हुने खर्च नगरेर जिल्लाका नागरिकको स्वास्थ्य अबस्थालाई मध्यनजर गरि अक्सिजन ब्यबस्थापनमा सहयोग गरेको थापा परिवारले बताएका छन । थापा परिवारको मनकारी भावना रहेको र यस अभियानमा उहाँहरुको सहयोगले कसैको जिवन रक्षा हुने सामाजिक अभियान्ता तथा पत्रकार प्रकाश सिहंले बताएका छन ।
कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि अक्सिजन सिलिण्डर खरिद गर्न सहयोग सबैको सहयोगका लागि थापा परिवारले अपिल समेत गरेका छन ।