• होमपेज
  • समाज
  • भारत बाट आएका सिधै घर, दुुर्गम गाउँमा पनि फैलियो कोरोना

भारत बाट आएका सिधै घर, दुुर्गम गाउँमा पनि फैलियो कोरोना

  • बुधबार, जेष्ठ ५, २०७८
भारत बाट आएका सिधै घर, दुुर्गम गाउँमा पनि फैलियो कोरोना

बाजुरा–बाजुरा भारत बाट आएका सिधै घर जाने गरेका छन् । भारत तथा कोरोनाको जोखिम शहर बाट आएका ब्यक्तिलाइ आइसोलेसन तथा अलगै सुरक्षित बस्नुपर्ने भएपनि बाजुरामा भने भारत बाट आएका सिधै घर आउने गरेका छन् ।
बाजुराका ९ वटै स्थानिय तहले आइसोलेसन तथा कोरोना रोकथामका लागि भारत बाट आउनेको सुरक्षित ब्यबस्थापन नगरेका कारणले घर आएर सिधै गाउँ डुुलिरहेका छन् । गाउँमा भारत बाट आएका धेरै छन्, तर कोही पनि होमआइसोलेनसमा बसेका छैनन्, खुलेम खुला गाउँ डुलिरहेको बुढिगंगा नगरपालिका ९ का स्थानिय रमेश थापाले वताएका छन् ।
बाजुरामा लडकाउन भएपछि १ हजार भन्दा बढि भारत बाट आएका छन् । तिनिहरुको न स्वास्थ्य चेकजाँच न कुनै रेकर्ड समेत नरहेको पाईएको छ । स्वास्थ्य डेस्क बनाएर चेकजाँच गरेको केही पालिकाले वताएको भएपनि स्वास्थ्य डेस्कनै सञ्चालनमा नरहेको पाईएको छ ।
दोस्रो चरणमा फैलिएको कोरानोको बाजुरा उच्च जोखिममा रहेको छ । सोमबार सम्म मात्र बाजुरामा जिल्लामा २ सय २० जना सक्रिय संक्रमित रहेको छन् । २१ जना अस्पतालको आइसोलेसनमा उपचार गरिरहेको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । दोस्रो चरणको कोरोनाको कहर बाट ४ जनाको भने मृत्यु भइसकेको छ । बाजुरामा कोरोनाको कहर बढेपछि जिल्ला प्रशासन कार्यलयले बैशाख २२ गते बाट निषेधज्ञा जारि गरेको छ ।
धनगढी महेन्द्रनगर, नेपालगञ्ज, काठमाडौ तथा नेपाल भित्र बाट जिल्ला आउनेको संख्याको तथ्याङ्क कुनै नरहेपनि हजारौको संख्यामा जिल्लामा भित्रिएका छन् । कोरोनाको कहर बाट जिल्लामा भित्रिनेको संख्या निकै रहेको छ । गाउँमा कोरोनाको लक्षण भएका धेरै बिरामी भएपनि चेकजाँच गर्ने नहुदा समस्या भएको स्थानियले वताएका छन् ।
बाजुरामा दुुर्गम तथा हिमाली गाउँमा पनि कोरोनाको कहर फैलिएको छ । बाजुराको सबै भन्दा निकै दुुर्गम ठाउँका रुपमा चिनिने हिमाली गाउँपालिका १, २ र ३ को बिच्छँयामा टोल टोलमा कोराना फैलिएको छ । हिमाली गाउँपालिकाले सोमबार गाउँपालिका वडा नम्बर १ कोटगाउँमा १६ जनालाई एन्टीजेन बाट कोरोना परिक्षण गर्दा १२ जनालाई कोरोना पोजेटिभ देखा परेको गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले वताएका छन् ।
कोटगाउँमा यातायातको पहुच नपुुगेको ठाँउ हो । सदरमुकाम मार्तडी बाट चारदिनको पैदल दुरीमा पर्ने यो गाउँमा कोरोना फैलिएपछि बाजुराका कुनै पनि ठाँउमा कोरोनाले अछुत नरहेको गाउँपालिकाले वताए । वडा नम्बर १, २ र ३ साबिकको बिच्छँया गाबिस हो । कोरोना जस्तो मिल्दोजुल्दो लक्षण देखापरेपछि गाउँपालिकाले कोरोना जाँचका लागि स्थास्थ्यकर्मी पठाएको गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले वताए । गाउँमा १६ जनालाई चेक गर्दा १२ जनामा संक्रमण देखा पर्नुले गाउँमा कोरोनाको कहर निकै बढिसकेको मल्लले वताए ।
हिमाली गाउँपालिकामा ४२ जना कोरोना पोजेटिभ रहेका छन् । जटिल खाले कसैलाई नभएपछि लक्षण भने सबैलाई देखा परेको गाउँपालिको वताएको छ । बाजुराका गाउँगाउँमा कोरोना सँग मिल्दोजुल्दो लक्षण भएका धेरै बिरामी रहेका छन्, कोरोना देखिने डरले चेकजाँच गर्न नमान्ने गरेको बुढिगंगा नगरपालिका स्वास्थ्य संयोजक दिपक शाहले वताए ।

चर्चामा

सम्बन्धित समाचार