मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका ब्यापारी मल्लद्धारा अक्सिजन ब्यबस्थापनका लागि १५ हजार सहयोग

बाजुराका ब्यापारी मल्लद्धारा अक्सिजन ब्यबस्थापनका लागि १५ हजार सहयोग

  • मङ्लबार, जेष्ठ ४, २०७८
बाजुराका ब्यापारी मल्लद्धारा अक्सिजन ब्यबस्थापनका लागि १५ हजार सहयोग

बाजुरा — सदरमुकाम मार्तडी ब्यापार गर्दै आउका ब्यापारी चक्र मल्लले अक्सिजन ब्यबस्थापन तथा जोहो गर्नका लागि १५ हजार सहयोग गरेका छन । हुम्ला जिल्लाको ताजाँकोटा गाउँपालिका वडा न ३ घर भई हाल सदरमुकाम मार्तडीमा ब्यापार गर्दै आएका  मल्लले अक्सिजन ब्यबस्थापनका लागि सहयोग गरेका हुन । कोरोना संक्रमणपछि धेरैलाई अक्सिजनको आबस्यकता पर्ने भन्दै सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यतिबेला अक्सिजन किन्न अभियान संचालन गरिरहेका छन । साेही अभियान अन्तरगत ब्यापारी मल्लले पनि  १५ हजार सहयोग गरेको बताएका छन ।
कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि अक्सिजन सिलिण्डर खदिर गरी जिल्ला अस्पताल बाजुरालाई दिने ब्यापारी मल्लले बताए । ब्यापारी मल्लले त्यतीले नपुग्ने हुदाँ सहयोगी भावना भएका सबैलाई यस अभियानमा सामेल हुन आग्रह समेत गरेका छन ।
बाजुरालाई कर्मथलो बनाएका मल्ल यसअघि पनि बिभिन्न सामाजिक अभियानमा सहयोग गर्दै आएका थिए र यस बिषम परिस्थितीमा  मनाबिय धर्म निर्बाह गर्न अक्सिजन ब्यबस्थापनमा पनि सहयोग गरेको उनले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार