सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • बडिमालिका
  • अस्पताल बाजुरामा कोभिड बिरामीको उपचारमा २४ घण्टा चिकित्सक सेवा दिदै

अस्पताल बाजुरामा कोभिड बिरामीको उपचारमा २४ घण्टा चिकित्सक सेवा दिदै

  • बिहिबार, बैशाख ३०, २०७८
अस्पताल बाजुरामा कोभिड बिरामीको उपचारमा २४ घण्टा चिकित्सक सेवा दिदै

बाजुरा–जिल्ला अस्पताल बाजुरामा रहेको कोरोना उपचारमा २४ घण्टा चिकित्सक बिरामीको उपचार तथा सेवामा लागि रहेका छन् । चार जना चिकित्सक रहेको जिल्ला अस्पताल बाजुरामा आबश्यक परे चारै जना चिकित्सक नभए एकजना चिकित्सक २४ घण्टा कोरोना संक्रमित बिरामीको रेखदेख तथा उपचारमा रहेका छन् ।
अस्पताल बाजुरामा बिहिवार सम्म ९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । चिकित्सकको नेतृत्वमा नर्स र अन्य स्वास्थ्यकर्मी रातदिन नभनि उपचार रहेका छन् । अस्पताल बाजुरामा निमित्त कार्यलय प्रमुख डा. प्रकाश जोशी, डा. शेर बहादुर साउद, डा. दिप्रेन्द्र बुढा र डा. गौरब आचार्य रहेका छन् । जटिल केश भएमा सबैको समन्वयमा कोरोना संक्रमितको उपचार गरिरहेका छौ, सामान्य प्रकारको कोरोनाका बिरामीलाई एकजना चिकित्सक सहित स्वास्थ्यकर्मीको टोली उपचारमा रहेको डा. गौरब आचार्यले वताएका छन् ।
कोरोनाले धेरै ग्राहो पारेपछि मात्र अस्पताल आउने भएकाले केही बिरामीलाई अफ्ठयारो भएको हो, नभए अस्पतालले सक्दो उपचार गरिरहेको निमित्त कार्यलय प्रमुख डा. प्रकाश जैशीले वताएका छन् । बिरामीको उपचारमा सबै चिकित्सक र स्वास्थ्यकर्मी बिच समन्वय हुने गरेको उनले वताए । कोरोनाका बिरामीलाई चिकित्सकले हेर्ने कुनै समय अर्थात राउन्डीङ्ग नभई जुन सुकै बेला पनि चेकजाँच र उपचार गरिरहेको अस्पतालले जनाएको छ ।
जसरी कोरोना भाइरस फैलिएको छ, त्यसरी डर त्रास बढिरहेको भएपनि बाजुरा अस्पतालका स्वास्थ्यकर्मी भने आफ्नो ज्यान जोखिममा राखेर कोभिडका बिरामीको ज्यान जोगाइरहेका छन् । चिकित्सक तथा स्वास्थ्यकर्मी भने कुुनै बिचलित नभएर आफ्नै ज्यान दाउमा राखेर बिरामीको उपचार गराइरहेका छन् ।
कोरोनाको उपचारमा अस्पतालको आइसोलेसनमा रहेका एक बिरामीले भने चिकित्सक तथा स्वास्थ्यकर्मी उपचार सँगै हौसला प्रदान गर्ने गरेको वताए । उनिहरुको हौसलाले पनि कोराना जित्न निकै सहज हुदै गएको वताएका छन् । प्रत्येक घण्टा घण्टामा चिकित्सक आएर सोध्ने गरेका छन्, साथै हौसला समेत दिने गरेको होमआइसोलेसनमा रिफर भएका एक बिरामीले वताएका छन् । कोरोना जित्ने स्वास्थ्यकर्मीको ठुलो भुमिका हुने उनले वताए ।
देशभरी कोरोनाको दोस्रो भेरिएन्ट सहितको संक्रमण बढी रहेको छ । बाजुरामा पनि दिन प्रति दिन कोराना संक्रमण तिब्र गतिमा बढिरहेको छ । बुधवार दिउँसोसम्म बाजुरामा २ सय ४५ जना सक्रिय संक्रमित रहेका छन्, भने चार जनाको मृत्यु भइसकेको छ । यो बेला सबै आफ्नो ज्यानको सुरक्षा र आफु कसरीले कोरोनाबाट बच्ने भन्ने लागि रहेका छन् । तर अस्पतालमा कार्यरत ती स्वास्थ्यकर्मी कोभिडका बिरामीको उपचार तल्लिन रहेका छन् । स्वास्थ्यकर्मी भन्छन्, जागिर भन्दा पनि बिरामीको सेवा गर्न पाउँदा निकै खुशी छौ, यसैमा हामिहरु सन्तुुष्टि रहेको वताउँछन् ।
कोरोनाको उपचारमा खटिएकि स्वास्थ्यकर्मी शुशिला रावल भन्छन्, आफु त जोखिममा छदै छौ, तै पनि बिरामीलाई बचाउनु ठुलो माहनता हो । करारको जागिर त छोडेर पनि जान सकिन्छ, तर यो बेला जागिर भन्दा ठुलो सेवा हो । पैशा नपाए पनि बिरामीको सेवा गर्नु नै मानवता हो शुशीलाले थपिन् ।
अस्पताल बाजुराका चिकित्सले घरमै कोभिडका बिरामीलाई फोन बाटै उपचारसँगै परामर्श दिने गरेका छन् । प्रमुुख जिल्ला अधिकारी गोपल अधिकारी भन्छन्, यो संकटको बेला स्वास्थ्यकर्मीले गरेको काम निकै महानता रहेको उहाँहरुको सक्रियताले पक्कै पनि बाजुराले कोभिडलाई जित्ने वताए । अस्पताल बाजुरामा बिरामीको संख्या बढेसँगै अक्सिजनको अभाब हुने संकत देखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार