• होमपेज
  • समाचार
  • कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलनको निधन

कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलनको निधन

  • बुधबार, बैशाख २९, २०७८
कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलनको निधन

काठमाडौँ — अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको कोरोनाको कारण मंगलबार निधन भएको हो । सापकोटाको निधन भएको फिल्म निर्देशक जनकदीप पराजुलीले सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् ।

‘मेरो चलचित्र ‘प्रोड्युसर’की अभिनेत्री श्वेता भट्टराईको श्रीमान् मिलन सापकोटाको कोभिडको कारणले निधन भएको खबर सुनेर स्तब्ध भएको छु । अझै पनि यो खबर सत्य होइन जस्तो लागि रहेछ । तर, सत्यको अगाडि कसैको केही लाग्दैन’ पराजुलीले अगाडि लेखेका छन् ‘श्वेता​लाई भगवानले धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरून् ।’

निर्देशक पराजुलीले मृत्यु भएका सापकोटाप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै परिवारजनमा हार्दिक समवेदना समेत प्रकट गरेका छन् । सापकोटासँग अभिनेत्री श्वेताले ७ वर्ष अगाडि प्रेम विवाह गरेकी थिइन् । उनीहरुको एक सन्तान पनि छ ।

अभिनेत्री श्वेताले ‘रिदम, ब्ल्याकमेल, प्रोड्यूसर’लगायत करिव आधादर्जन बढी चलचित्र अभिनय गरेकी छन् । विवाहपछि भने उनी अभिनयबाट टाढा भएकी थिइन् ।

चर्चामा

सम्बन्धित समाचार