धनगढी– कैलालीमा ठक्कर दिएको अवस्थामा फेला परेका एक जनाको मृत्यु भएको छ।
जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ खैरेनिस्थित पूर्वपश्चिम राजमार्गमा नाम र ठेगाना नखुलेका ५० वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी आइतबार सडकको वाँया साइडमा घाइते अवस्थामा फेला परेका थिए।
उनलाई सवारीसाधनले ठक्कर दिएको हुनसक्ने सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
प्रहरीका अनुसार ठक्कर दिने सवारी साधनको खोजी भइरहेको छ। ती पुरुषको शव टिकापुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।