काठमाडौं– बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्।
१८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाको वडा नम्बर १ का ३४ वर्षीय वीर बहादुर तामाङलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो।
नागार्जुन नगरपालिका–६ फस्कुमा रहेको टहरामा वीर बहादुरले किशोरीमाथि जबरजस्ती करणी गरेको भन्ने खबर पाएपछि उनलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।