कुन्नि किनहो दिउसै अन्धकार छ देशमा,
जता कतै आजकाल भ्रष्टचारछ देशमा।
सर्वहारा सुकुम वासी चिन्न सकिन नेता,
भन्नलाई कम्युनिष्टको सरकारछ देशमा।
देश बिदेश मा नारा हामिले पनि लगयौँ,
गरिबलाई नै किन यो दुराचारछ देशमा।
कसरी देशको बिकाश होला यो चालाले,
भ्रष्टचार शंरक्षित त बालुवाटारछ देशमा।
सुन्दै सुन्दैनन गरिबकै आवाज देश उस्तै,
लाग्छ कुनैन कुनै प्रमुख गद्धारछ देशमा।
आल टाल गर्छन देशकै मुद्धामा सदैभरी,
सदियो देखी हेर उस्तै ब्यबहारछ देशमा।