जन आन्दोलन पनि अब त हर साल हुन थाल्यो,
हाम्रै देशमा कुन्नि किन यस्तो बबाल हुन थाल्यो।
घर-घरमा राजनीति पनि धुनधान भएको देख्छु,
एउटै घरभित्र भाई भाई बिच प्रखाल हुन थाल्यो।
नेताहरु पनि त बेलगाम भएकाछन हाम्रो देशमा,
जनता ठग्ने गफहरु पनि बाईस ताल हुन थाल्यो।
देशको कानून भन्छन दैवले जानून बुझ्नै नसकि,
सोझा साजा नागरिक लाई जञ्जाल हुन थाल्यो।
कृषि योग्य जमिन भूमाफियाको कब्जामा जाँदा,
बिस्तारै बिस्तार देश भित्र अनिकाल हुन थाल्यो।
उपभोग्य सर समानलाई बिदेशबाट आयात गर्दा,
किन्नै नसकिने देशभित्र चावल र दाल हुनथाल्यो।
सेते जस्ताले आश गरेका थिए देशमै रोजगारको,
नेता दलाल भयपछि यो देश कंगाल हुन थाल्यो।