बिभेदले गर्दा समाजपनि अन्धकार भयो,
सबैलाई धन सम्पति सँग मात्र प्यार भयो।
मुक्तिको लागि त सर्वजातले शंघर्ष गर्छन,
ठुला ठालुलाई सत्तामा जाने आधार भयो।
सबथोक रुपियाकै खेल तमासा भएकैछ,
सत्ता खोसा खोशमा सबैलाई हतार भयो।
क्रान्तिको लागि पेसेबर हुन्न पेसाकै लागि,
त्यसैले भन्छु राजनीति पनि ब्यपार भयो।
हिँजो असमान सन्धिको बिरोध गर्ने लाई,
आज सबै सन्धि सम्झौतानै ईजहार भयो।
खै कतागयो देशभक्ति अनि चुच्चे नक्सा,
सरकार भनिदेउ केकारण छेकबार भयो।