नेपालको राजनीतिक विकास क्रमको पाना पल्टाउँदा, अनि इतिहासको कालखण्डमा हेर्दा केही देश भक्ती नेताहरुले बनाएका सिस्टम फलो गर्दै अस्तित्व पाएका पार्टी भित्रका चर्चित भरष्ट नेताहरुको दहनिय अबस्था हेर्दा लाज लाग्छ।
एउटा पार्टी एकता कायम गर्न नसक्ने नेताहरुको कार्य क्षमता हेर्दा खुब हाँसो लाग्छ, हरेक दिन सोचको खाल्डो दिमागमा घुम्छ :- उनीहरू देश विकाश कहिले गर्छन , शान्ति, लोकतन्त्रको स्थायित्व विकाशको लागी कहिले लागी पर्छन , सधै बिध्वंस मात्र हो । भनिन्छ , आफ्नो घर भित्रको एकता कायम गर्न नसक्ने ले समाजलाई कसरी एकता कायम गर्न सक्छ अनि समाजलाई एकता कायम राख्न नसक्नेले सिङ्गो देशलाई कसरी एकता कायम राख्न सक्छ , आकाशको फल आँखा तरी मर भने जस्तै हो त्यसैले त ! कोही पहाडी , कोही मधेसी , कोही भारतीय गुलाम अनी कोहि चाईनिज सोच भएका अनेक मान्छेहरु हाम्रो देशमा कम संख्यामा छैनन , धर्म – ग्रन्थ , जात- भात , पार्टी विपार्टी , आदि विषयहरुको जड बनाएर देश टुक्र्याउन लम्किरहेको छन – देश भक्त अनि देशका ठुला बडा भनाउदाहरु
१) नेपाली जनताकाे ९०% गलत!! किन ?
– चोरले सामान चोर्दा देख्दा – देख्दै नजिकको मान्छेले चोर्यो , चोर्यो भन्दै ताली पिट्नु अनी उसलाई भाग्न दिनुमा बढि अपराध कसको चोरको कि ? त्यो मान्छेकाे ??
– बल कति छ अनुमान नगरी लुते गधाहा लाई हजारौं केजीको भारी बोकाउनु अनी गधाहाले बाटोमा भारी बोकी नसकेर – भारी फाल्दा , गधाहाको बढि दोष कि! भारी बोकाउने मान्छेकाे दोष ???
–
– चोरले घरको बहुमूल्य सामान चोरेको अवस्थामा , चोरको नाम थाहा पाइसकेर पनि चुप – चाप हात बेरेर बस्नु – घर मुलिको दोष कि ! चोरको दोष ?? चोरको काम त ! मौका पाए चोर्ने नै हो ! आवाज नउठाउने मान्छेकाे बढि दोष हुन्छ जहाँ की ! आवाजले गर्दा चोरलाई, उसको दिमागमा चोर्ने कुराको ख्याल नै नआवोस ।
–
-आफ्नो श्रीमतीको आवाज उठाउने – देशको लागि, समाजको लागि , अनि पीडितको लागी आवाज नउठाउनु कस्तो देश भक्ति भावना हो !!
त्यसैले नेपाली जनता दाजुभाई ले हरेक कुरामा आवाज उठाउन सिकौ ,आफ्नो कर्तव्य पुरा गरी – आफ्नो अधिकार को लागी – लडौ ! प्रजातन्त्र भनेको नै यहि होइन र ??
हामी कहिले सम्म प्रजातन्त्रको डेफिनेसन मात्र रट्ने ???
२) युवा – जनशक्तिले चाएपछी किन ! राजनितिक अबस्था अनि स्थिति सुधार्न सम्भव छ ???
– कुनै पनि विकासको थालनीको लागी – विचार , कार्य अनि समयको सदुपयोग गरि अगाडि बढ्न सके – विकास लगातार तिब्र गतिमा अघि बढ्ने देखिन्छ !! यो सब कुरा युवा जनशक्तिमा भरपुर देखिन्छ ! पढे- लेखेका युवाहरु आकासे पुलबाट गुडेका गाडी हेर्दै बसेपछि अनि अनपढ , गवार! स्मरण शक्ति हराइसकेका , बुढेउलि लागिसकेर वृद्धभत्ता खाने उमेरका व्यक्तिलाई देश हाँक्ने जिम्मा दिएपछि , देश कसरी विकासको पथमा लम्किन्छ /यदि देशको अस्तित्व वास्तवमै बचाउनु छ भने :- पढेलेखेका Skilled Youth Resources हरु एकजुट भई देश विकासको कार्यमा हात हाल्नै पर्ने देखिन्छ !
Note :- Only Reader Youth Can Be Leader oF Nation , As Well As!!
– For Development & For Welfare oF Nation