बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • दुई दिन देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने, सतर्कता अपनाउन विभागको आग्रह

दुई दिन देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने, सतर्कता अपनाउन विभागको आग्रह

  • मङ्लबार, बैशाख १५, २०८३
सेयर गर्नुहोस् :
दुई दिन देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने, सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं –बुधबार र बिहीबार देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने भएको छ। मौसम विभागले आज हावाहुरी सम्बन्धी चेतावनी जारी गर्दै देशका विभिन्न स्थानमा हावाहुरी चल्ने जानकारी दिएको हो।

विभागका अनुसार सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटीसहित आसपासका जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँचीसहित आसपासका जिल्ला, मधेश प्रदेशका धनुषा र बारासहित आसपासका जिल्ला र कोशी प्रदेशको मोरङसहित आसपासका जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको छ।

बुधबार साँझ पौने ६ बजेदेखि सुरु भएर बिहीबार बिहान पौने ८ बजेसम्म हावाहुरी चल्ने भएको हो। हावाहुरी चल्ने स्थानमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

यसैगरी मेघगर्जन/चट्याङ/हावाहुरी/असिनासहित पानी पर्ने प्रणाली पश्चिमदेखि क्रमशः पूर्वतिर सर्दै जाने सम्भावना रहेकोले देशका धेरै ठाउँहरूमा यसको प्रभाव पर्ने सम्भावना रहेको विभागले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार