
पठनपाठन २०८३ वैशाख २१ गतेबाट औपचारिक रूपमा सुरु हुने भएको छ। नयाँ शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि भर्ना अभियान सञ्चालन गरिनेछ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन तथा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार २०८३ सालको शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरिएको हो।
साथै चैत २३ गतेदेखि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू गरिएको छ।



