बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • ४० दिन निर्वाचन सुरक्षामा सेवा गरेका निर्वाचन प्रहरीको बिदाई

४० दिन निर्वाचन सुरक्षामा सेवा गरेका निर्वाचन प्रहरीको बिदाई

  • बिहिबार, फाल्गुन २८, २०८२
सेयर गर्नुहोस् :
४० दिन निर्वाचन सुरक्षामा सेवा गरेका निर्वाचन प्रहरीको बिदाई

बाजुरा—प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षाका लागि भर्ना गरिएका निर्वाचन प्रहरीहरुलाई बिदाई गरिएको छ । बाजुरामा निर्वाचन र मतगणना प्रक्रिया सफलतापूर्वक सम्पन्न भएसँगै निर्वाचन प्रहरीहरुको बिदाई गरिएको हो ।

May be an image of one or more people and text

जिल्ला प्रहरी कार्यालय बाजुराले आज एक औपचारिक कार्यक्रम आयोजना गरी ४० दिनमा निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरीहरूलाई बिदाई गरेको जनाएको छ । निर्वाचनका लागि बाजुरामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी एक हजार ६० जना निर्वाचन प्रहरी भर्ना गरिएको थियो । उनीहरुले निर्वाचन प्रारम्भदेखि मतगण्ना सम्पन्न हुँदासम्म करिब ४० दिन सेवा दिएका थिए ।

May be an image of text

May be an image of one or more people and text

May be an image of one or more people and text

May be an image of text

May be an image of one or more peopleMay be an image of text

 

चर्चामा

सम्बन्धित समाचार