
बाजुरा—बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार जनक गिरीले एमालेसँग ८६४ मतान्तरसहित अग्रता कायमै राखेका छन् । मतगणनाको पछिल्लो परिमाणअनुसार बिहान १० बजेसम्म गिरीले ५ हजार ७९ मत ल्याउँदा एमालेका लालबहादुर थापाले ४ हजार २१५ गत प्राप्त गरेका छन् । हालसम्म हिमाली, खप्तड छेडेदह गाउँपालिकाको मतगणना सम्पन्न र बुढीगंगाका अधिकांश मतदान केन्द्रको १२ हजार ८६३ मतगणना हुँदा गिरी सबैभन्दा अगाडि छन् ।
त्यस्तै तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हेमराज थापा छन् । उनले हालसम्म २ हजार ५१७ मत पाएका छन् । यस्तै नेपाली कम्युनिस्ट पार्टीका प्रकाश शाहले ४०४ मत ल्याउँदै चौथो स्थानमा छन् ।
एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बाजुरामा कुल ८७ हजार ८६१ मतदाता रहेकोमा जम्मा ४५ हजार ३९० मत खसेको छ । यहाँ एक स्वतन्त्रसहित ८ जना उम्मेदवार छन् ।


