बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बाजुराको हिमाली–२ कोट बाहेक सबै मतदान केन्द्रबाट मतपेटिका मार्तडी पुगे

बाजुराको हिमाली–२ कोट बाहेक सबै मतदान केन्द्रबाट मतपेटिका मार्तडी पुगे

  • शुक्रबार, फाल्गुन २२, २०८२
सेयर गर्नुहोस् :
बाजुराको हिमाली–२ कोट बाहेक सबै मतदान केन्द्रबाट मतपेटिका मार्तडी पुगे

बाजुरा—बाजुराको विकट हिमाली गाउँपालिका २ कोटस्थित ठुलाकोट आवि मतदान केन्द्रका मतपेटिका सदरमुकाम मार्तडी ल्याइदैँछ । त्यहाँबाट पैदल मार्ग हुदैँ मतपेटिका सदरमुकाम ल्याउन लागिएको हो ।

बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले कोट बाहेक जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिका मार्तडी पुगेको बताएका छन् । कोट स्थित मतदान केन्द्रका मतपेटिका अहिले बिच बाटोमा रहेको र पुग्ने वित्तिकै सर्वदलीय बैठक बसेर मतगणना कार्य सुरु गरिने उनले बताए।

यस्तै बिहीवार साँझ हिमाली गाउँपालिका ३ गुम्बा र आज बिहान सोही पालिकाको बाम, बौडी, बिच्छ्याका मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत मार्तडी पुर्‍याइएको थियो । अन्य मतदान केन्द्रका मतपेटिका भने गाडीबाटै हिजो राति सदरमुकाम मार्तडी पुगेका थिए ।

चर्चामा

सम्बन्धित समाचार