बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • अर्थ/वाणिज्य
  • आज पनि तोलामा १३ हजार ४ सय रुपैयाँले घट्यो सुनको भाउ

आज पनि तोलामा १३ हजार ४ सय रुपैयाँले घट्यो सुनको भाउ

  • सोमवार, माघ २०, २०८२
सेयर गर्नुहोस् :
आज पनि तोलामा १३ हजार ४ सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं— नेपाली बजारमा सोमबार पनि सुन र चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलामा १३ हजार ४ सय रुपैयाँले घटेको हो । आज सुनको भाउ प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम छ ।

हिजो आइतबार सुनको भाउ तोलामा १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँ कायम थियो ।

सोमबार चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आइतबार तोलामा ५ हजार ५ सय रुपैयाँ कायम भएको चाँदी सोमबार तोलामा ३ सय रुपैयाँ घटेर ५ हजार २ सय रुपैयाँ कायम छ ।

चर्चामा

सम्बन्धित समाचार