• होमपेज
  • राजनीति
  • बाजुरामा रास्वपाबाट गिरी एकल उम्मेदवार सिफारिस

बाजुरामा रास्वपाबाट गिरी एकल उम्मेदवार सिफारिस

समानुपातिकमा जैशी र बिष्ट सिफारिस

  • शुक्रबार, मंसिर २७, २०८२
बाजुरामा रास्वपाबाट गिरी एकल उम्मेदवार सिफारिस

बाजुरा—आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रत्यक्षतर्फ राज बहादुर गिरीको एकल नाम सिफारिस गरिएको छ । बिहीवार जिल्ला सदरमुकाम मार्तडीमा सम्पन्न पार्टी जिल्ला समितिको प्रथम विस्तारित बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गिरीको नाम सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गर्ने निर्णय भएको रास्वपा जिल्ला सभापति नवराज जैशीले बताए। उनले शुक्रबार मार्तडी स्थित पार्टी कार्यालयमा आयाेजित पत्रकार भेटघाट कार्यक्रममा साे विषयमा जानकारी गराएका हुन् ।

बाजुरा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला हो ।

स्वामीकार्तिक खापर गाउँपालिका ४ वाइका स्थायी बासिन्दा गिरी लामो समयदेखि जिल्लामा नेकपा एमाले पार्टीमा आवद्ध रहेका थिए । तर पार्टीप्रति तीव्र असन्तुष्टि जनाउँदै यहीँ मंसिर ४ गते रास्वपामा प्रवेश गरेका थिए । हाल पार्टीले गिरीलाई निर्वाचन रणनीति केन्द्रीय आयोग सदस्यको जिम्मेवारी समेत दिएको जनाएको छ ।

त्यस्तै समानुपातिक तर्फ पार्टी जिल्ला सभापति नवराज जैशी र चेतना विष्टलाई सर्वसम्मत रुपमा उम्मेदवारमा सिफारिस गरिएको जनाएको छ । बुढीगंगा नगरपालिका १० का सभापति जैशी र जगन्नाथ गाउँपालिका १ की बिष्टलाई प्रतिनिधिसभा सदस्यमा समानुपातिक उम्मेदवारमा सिफारिस गरिएको पार्टी जिल्ला समितिले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार