शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • स्वामीकार्तिक खापर र बुढीनन्दाले दियो आज शोक बिदा

स्वामीकार्तिक खापर र बुढीनन्दाले दियो आज शोक बिदा

  • मङ्लबार, भदौ २४, २०८२
सेयर गर्नुहोस् :
स्वामीकार्तिक खापर र बुढीनन्दाले दियो आज शोक बिदा

बाजुरा—बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले आज शोक बिदा दिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै ‘जेन–जी’ समूहको प्रदर्शनमा ज्यान गुमाएका युवाहरुको शोकमा बिदा दिएको हो ।

त्यस्तै, जिल्लाको बुढीनन्दा नगरपालिकाले पनि आज शोक बिदा दिएको छ ।

साेमवार देशका विभिन्न स्थानमा जेन–जी’ युवाहरुबाट भ्रष्टाचार अन्त्य लगायतका माग गर्दै सुरु गरेको शान्तिपूर्ण आन्दोलनमा १९ जनाको ज्यान गएको छ भने सयौं जना घाइते भएका छन् । पालिकाहरुले सूचनामार्फत उक्त घटनाप्रति दुःख व्यक्त गर्दै पालिकाभर शोक बिदा दिएको जनाएको छ ।

त्यस्तै पालिका सहित वडा कार्यालय, स्वास्थ्य र शैक्षिक संस्थामा आज अत्यावश्यक सेवा बाहेकका बन्द रहने गरी शोक बिदा दिएको जानकारी दिएको छ ।

सरकारको दमनमा १९ जनाको ज्यान जानेगरी भएको घटनाको विरोधमा देशव्यापी प्रदर्शन भइरहेको छ ।

प्रदर्शनकारीहरुले सबै सहरका चोक चोकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले नेता निवास र सरकारी कार्यालयहरुलाई निसाना बनाइरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार