बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • बडिमालिका
  • बाजुराको बाम्का बजारका पीडितलाई क्षतिपूर्तिसहित पुनर्स्थापना गर्न सरकारसँग माग

बाजुराको बाम्का बजारका पीडितलाई क्षतिपूर्तिसहित पुनर्स्थापना गर्न सरकारसँग माग

  • सोमवार, जेष्ठ २७, २०८२
सेयर गर्नुहोस् :
बाजुराको बाम्का बजारका पीडितलाई क्षतिपूर्तिसहित पुनर्स्थापना गर्न सरकारसँग माग

नेकपा (एकीकृत समाजवादी) की सांसद मदनकुमारी शाह (गरिमा) ले बाजुराको बाम्का बजारमा भएको आगलागी पीडितलाई पुनर्स्थापना गर्न सरकारसँग माग गरेकी छन् । सोमबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद शाहले बाम्का बजार आगलागीमा १३ पसल र २ वटा होटल पूर्णरुपमा नष्ट भएको जानकारी दिँदै पीडित व्यापारीलाई राहत र क्षतिपूर्तिसहित शीघ्र पुनर्स्थापनाको माग गरिन् ।

सांसद शाहले सरकारले बाजुरालाई एउटा दमकलसमेत दिन नसक्दा ठुलो क्षति भएको भन्दै घटनाको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने समेत बताइन् । उनले अब्राहम लिङ्कनको भनाइलाई उद्धृत गर्दै हजार जना मूर्ख भएपनि देशलाई खासै असर नपर्ने तर एक नेता मूर्ख भए देश डुब्ने र जनताले दुःख पाउने बताइन् ।

चर्चामा

सम्बन्धित समाचार