बाजुरा — बाजुराको सदरमुकाम मार्तडीमा बडीमालिका भक्तियोग समागम २०८२ सुरु भएको छ । शनिवार मार्तडी स्थित खेलकुद परिसरमा एक औपचारिक कार्यक्रमका विच जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले उक्त समागमकाे उद्धाटन गरेका हुन् ।
बडीमालिका भक्तियोग समागम मुल समारोह समिति मार्तडी बाजुराको आयोजनामा सुरु भएकाे भक्तियोग समागम कार्यक्रम ९ दिनसम्म सञ्चालन हुने जनाएकाे छ । उक्त बडीमालिका भक्तियोग समागममा भक्तियोग फाउण्डेशन नेपालका संस्थापक नारायण उपाध्याय परम् पुज्य सञ्जेल जी महाराजले प्रवचन गर्ने छन् ।
त्यस्तै समागममा श्रीमत्भागवत् सप्ताह कथा,गीता ज्ञान,आत्म चिन्तन,भक्ति संगीत,मन्त्र साधना,श्रृगारीक मन्त्र आरती,ग्रह विज्ञान विचार,धर्म विज्ञान विश्लेष्ण,योग शिविर बाल विकास,मातृपितृ भक्ती,लगायत राष्ट्रिय चिन्तनका कार्यक्रम रहने आयोजक भक्तियोग फाउण्डेशन आयोजक मुल समारोह समिति मार्तडी बाजुराले जनाएको छ ।
बडीमालिका भक्तियोग समागमको पहिलो दिन आज कलस यात्रा गरेर कार्यक्रमको समृद्धघाटन गरिएको छ । धार्मिक तथा पर्यटकिय क्षेत्र बडीमालिका लगायतका क्षेत्रहरुकाे पहिचान गर्न उक्त कार्यक्रमको आयोजना गरिएको बताइएकाे छ ।
समागम उद्धाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा थापा, राष्ट्रिय भुमि आयोगका अध्यक्ष जनक रोकाया लगायत मुल आयोजक समिति लगायत सदरमुकाम मार्तडीमा अवस्थित विद्यालयका शिक्षक विद्यार्थीहरु र भक्तजनहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन नेविसंघ बाजुराका अध्यक्ष जनक थापाले गरेका हुन् ।