• होमपेज
  • राजनीति
  • लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते

लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते

  • शनिबार, जेष्ठ ४, २०८२
लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते

पोखरा– तरुण दल लमजुङको अधिवेशनका क्रममा खुकुरी प्रहार भएको छ । सदरमुकाममा अधिवेशन सुरु भएपछि एक पक्षले अधिवेशन रोक्ने प्रयास गरेपछि स्थिति असामान्य बनेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।

‘कार्यक्रम सुरु भएपछि बाहिरबाट एक टोली आएर बिथोल्यो । भित्र कार्यक्रम गरिरहेको टोलीले प्रतिवाद गर्‍यो,’ ती सहभागीले भने,  ‘त्यसपछि स्थिति तनावपूर्ण बन्यो । बाहिर निस्केपछि खुकुरी हानिएको छ ।’

अधिवेशनलाई लिएर केही दिनदेखि लमजुङमा तरुणहरूबिच विवाद भइरहेको थियो । घटनामा तीन जना घाइते भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार