बाजुरा– बुढीगंगा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको पुर्व मन्त्री तथा नेकपा एमाले स्थायी कमिटि सदस्य कर्ण बहादुर थापाले उद्धघाटन गरेको छन । साेमबार एक औपचारीक कार्यक्रमका बिच थापाले प्रशाशनिक भवनको उद्धघाटन गरेका हुन ।
त्यसै गरि सोही नगरपालिका वडा नम्बर ६ को प्रशासनिक भवनको उद्धघाटन पूर्व प्रदेश अर्थमन्त्री नरेशकुमार शाहीले गरेका छन । समृद्धिका लागि बुढीगंगा विकास कचहरी कार्यक्रममो आज तेस्रो दिन संघिय सरकारका पुर्व मन्त्री थापाले नगरपालिकाको प्रशासनिक भवन र प्रदेश सरकारका पुर्व अर्थमन्त्री शाहीले वडा न ६ को वडा कार्यालयको प्रशासनिक भवनको उद्धघाटन गरेको नगरपालिकाले जनाएको छ ।
राजनीतिक सहमति र सझदारीको सन्देश दिने गरि बुढीगंगा नगरपालिकाले ६ वटा वडा कार्यालय, २ वटा स्वास्थ्य संस्था र एक सीप विकास तालिम केन्द्र भवनको औपचारिक उद्घाटन गरिएको छ । नौ वटा वडा कार्यालयका प्रशाशनिक भवन, स्वास्थ्य संस्था, सीपविकास तालिम केन्द्र र पालिका भवन निर्माण गर्नेमा बुढीगंगा जिल्लाकै पहिलो पालिका रहकाे छ ।
दलिय सहकार्य र समझदारीको सन्देश दिने गरी पालिकाले सबै पूर्व र बहालवाला जनप्रतिनिधीलाई अवसर दिने गरि भवनको उद्घाटन गर्न लगाइएको नगर प्रमुख रामबहादुर बाँनियाले बताएका छन् । समृद्धिका लागि बुढीगंगा विकास कचहरी सञ्चालनको दोस्रो दिन आइतबार मात्र पालिका भित्रका २,४, ५, ९ र १० नम्बर वडा कार्यालय उद्घाटन गरिएको थियाे भने बुढीगंगा सीप विकास तालिम केन्द्र र पालिकाको २ र १० मा बनेका स्वास्थ्य सेवा केन्द्रका भवन पनि उद्घाटन गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिका आइतबार मात्र एकै दिन आफ्ना ७ वटा संस्थागत भवनको उद्घाटन गरेको छ ।
पालिकाको २ नम्बर वडा कार्यालयको उद्घाटन निवर्तमान प्रतिनिधि सभा सदस्य लालबहादुर थापा, ४ नम्बर वडा कार्यालयमा प्रदेश सभा सदस्य पदम शाही, ५ नम्बर पूर्व प्रदेश सभा सदस्य बल्देव रेग्मी, ९ नम्बर नगर प्रमुख रामबहादुर बाँनिया, १० नम्बर पूर्व प्रदेश सभा सदस्य प्रकाश शाह, बुढीगंगा सीप विकास केन्द्र पूर्व प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका छन।
त्यसै गरि वडा नम्मर २ मा बनेको आधारभुव स्वास्थ्य केन्द्रको संविधान सभा सदस्य पेम्बा गुरुग भोटे र १० नम्बरमा बनेको आधारभुत स्वास्थ्य सेवा केन्द्र भवनको संविधान सभा सदस्य बसुन्धरा रोकायाले उद्धघाटन गरेका छन् ।