• होमपेज
  • बुढीगंगा
  • बुढीगंगा नगरका प्रशासनिक र संस्थागत भवनको उद्घाटन

बुढीगंगा नगरका प्रशासनिक र संस्थागत भवनको उद्घाटन

  • सोमवार, बैशाख २९, २०८२
बुढीगंगा नगरका  प्रशासनिक र संस्थागत भवनको उद्घाटन

बाजुरा– बुढीगंगा नगरपालिकाले एकै दिन आफ्ना ७ वटा संस्थागत भवनको उद्घाटन गरेको छ । राजनीतिक सहमति र सझदारीको सन्देश दिने गरि बुढीगंगा नगरपालिकाले ५ वटा वडा कार्यालय, २ वटा स्वास्थ्य संस्था र एक सीप विकास तालिम केन्द्र भवनको औपचारिक उद्घाटन गरिएको हो ।

पालिकामा रहेका १० मध्ये नौ र सबै स्वास्थ्य चौकी, पालिका भवन सरकारी मापदण्ड अनुसार निर्माण गरिएका छन् । नौ वटा वडा कार्यालयका प्रशाशनिक भवन, स्वास्थ्य संस्था, सीपविकास तालिम केन्द्र र पालिका भवन निर्माण गर्नेमा बुढीगंगा जिल्लाकै पहिलो पालिका हो ।

दलिय सहकार्य र समझदारीको सन्देश दिने गरी पालिकाले सबै पूर्व र बहालवाला जनप्रतिनिधीलाई अवसर दिने गरि भवनको उद्घाटन गर्न लगाइएको नगर प्रमुख रामबहादुर बाँनियाले बताएका छन् । समृद्धिका लागि बुढीगंगा विकास कचहरी सञ्चालनको दोस्रो दिन पालिका भित्रका २,४, ५, ९ र १० नम्बर वडा कार्यालय उद्घाटन गरिएको छ भने  बुढीगंगा सीप विकास तालिम केन्द्र र पालिकाको २ र १० मा बनेका स्वास्थ्य सेवा केन्द्रका भवन पनि उद्घाटन गरिएको नगरपालिकाले जनाएकाे छ ।

पालिकाको २ नम्बर वडा कार्यालयको उद्घाटन निवर्तमान प्रतिनिधि सभा सदस्य लालबहादुर थापा, ४ नम्बर वडा कार्यालयमा प्रदेश सभा सदस्य पदम शाही, ५ नम्बर पूर्व प्रदेश सभा सदस्य बल्देव रेग्मी, ९ नम्बर नगर प्रमुख रामबहादुर बाँनिया, १० नम्बर पूर्व प्रदेश सभा सदस्य प्रकाश शाह, बुढीगंगा सीप विकास केन्द्र पूर्व प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका छन। त्यसै गरि वडा नम्मर २ मा बनेको आधारभुव स्वास्थ्य केन्द्रको संविधान सभा सदस्य पेम्बा गुरुग भोटे र १० नम्बरमा बनेको आधारभुत स्वास्थ्य सेवा केन्द्र भवनको संविधान सभा सदस्य बसुन्धरा रोकायाले उद्धघाटन  गरेका छन् । पालिकाको प्रशासनीक भवनको पूर्व मन्त्री कर्णबहादुर थापाले वैशाख २९ गते विशेष कार्यक्रमका बीच उद्घाटन गर्ने तयारी गरिएको छ ।

६ नम्बर वडा कार्यालय भवनको प्रदेश सभा सदस्य पूर्व मन्त्री नरेश बहादुर शाही, १ नम्बर वडा कार्यालयको पूर्व मेयर दिपक शाह, ८ नम्बर वडा कार्यालयको उद्घाटन नगर उपप्रमुख माया खड्का कुँवरले गर्नेछन् । ७ नम्बर वडा कार्यालय भवन निर्माणको काम भने अधुरै छ ।

चर्चामा

सम्बन्धित समाचार