• होमपेज
  • बुढीगंगा
  • २० वर्षसम्मको समृद्धिको साझा एजेन्डा तय गर्न बुढीगङ्गामा ‘कचहरी’

२० वर्षसम्मको समृद्धिको साझा एजेन्डा तय गर्न बुढीगङ्गामा ‘कचहरी’

  • आइतवार, बैशाख २८, २०८२
२० वर्षसम्मको  समृद्धिको साझा एजेन्डा तय गर्न  बुढीगङ्गामा ‘कचहरी’

बाजुरा— बुढीगङ्गा नगरपालिकामा दीर्घकालीन समृद्धि र समन्वित विकासको मार्गचित्र कोर्न ‘कचहरी’ कार्यक्रमकाे आयाेजना गरिएकाे छ । कचहरीबाट बुढीग‌गा नगरपालिकाकाे २० बर्षे भबिस्य निर्माण गर्ने उदेस्यका साथ साे कार्यक्रमकाे आयाेजना गरिएकाे हाे ।  तीन दिनसम्म चल्ने यो कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख देवराज जोशीले गरेका छन।
विकासमूलक एजेन्डालाई साझा बनाउँदै राजनीतिक दलहरूलाई समेत एकता र सहकार्यको दिशामा उन्मुख बनाउन कचहरी आयोजना गरिएको नगर प्रमुख रामबहादुर बाँनियाका जानकारी दिए। “हामीले कचहरीमा आगामी बजेट मात्र होइन, बुढीगङ्गालाई २० वर्षपछि कस्तो देख्न चाहन्छौं भन्ने दीर्घकालीन सोचसहित छलफल गरिरहेका छौं,” नगर प्रमुख बाँनियाले भने ।
गाउँघरको परम्परागत छलफल संस्कृतिलाई आधुनिक विकास योजना बनाउने उद्देश्यसहित आयोजना गरिएको कचहरीमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार, सूचना प्रविधि, सुशासन, विपद् व्यवस्थापन लगायत ११ मुख्य विषयमा अवधारणा पत्र प्रस्तुत गरिएको छ।
स्थानीय तहमा राजनीतिक सहकार्य, विषयगत योजना निर्माण र दीर्घकालीन दृष्टिकोणका साथ सञ्चालन भइरहेको यो कचहरीले बुढीगङ्गालाई भविष्यमा समृद्ध र उदाहरणीय नगर बनाउने अपेक्षा गरिएको छ। कार्यक्रमको अन्तिम दिनसम्म यी विषयमा गहन छलफल गरी घोषणा पत्र सार्वजनिक गरिने प्रमुख प्रशासकीय अधिकृत अम्बरराज जोशीले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार