बाजुरा—बाजुराको बुढीगंगा नगरपालिका ९ सेरालबाडाको एक विपन्न परिवारलाई सहयोग गरिएको छ । थेबु सेरालाका नातिको मृत्यु र बुहारी बिरामीले थला परेर अलपत्र अवस्थामा रहेको परिवारलाई सहयोग गरिएको हो । उनको परिवारलाई बडीमालिका फाउण्डेशन नेपालको समन्वयमा खाद्यान्न, लुगाकपडा, भाडाकुडा सहयोग गरिएको स्थानीय रामबहादुर थापाले बताए ।
बडीमालिका फाउण्डेशनको सहयोग अभियानमा युरोपमा बस्ने सकुन्तला राईको पहलमा २ सय ७० युरो अर्थात नेपाली ४० हजार २ सय ३० रुपैयाँ सहयोग गरिएको जनाएको छ विपन्न परिवार बिचल्लीमा रहेको विभिन्न सञ्चार माध्यमबाट जानकारी पछि राहत स्वरुप सहयोग गरिएको सकुन्तला राईले बताइन् ।
थेबु सेलालाका नाति ३० बर्षका अर्जुन सेरालाको मृत्यु र बुहारी चैती सेराला बिरामीले थला परेपछि उनको परिवार बिचल्लीमा रहेको छ । बुवाको मृत्यु र आमा बिरामीले अस्पतालमा थला परेपछि उनका ६ बर्षका छोरा प्रतिक सेराला र जुम्ल्याही छोरी गंगा र जमुना सेराला अहिले बृद्ध सेरालाको सहारामा छन् ।
बुहारी उपचार खर्च नपाएर अलपत्र छन भने नातीनुतिनालाई पालन पोषण र पढाउन समस्या भएको बृद्ध सेरालाले बताइन् । उनले आफूसँग घर जग्गा र खानेकुरा नहुँदा छिमेकीहरुबाट मागेर बिहान बेलुकाको छाक टार्ने गरेको बताइन् । बडीमालिका फाउण्डेशन नेपालले यसअघि पनि जिल्ला विपन्न परिवारहरुलाई विभिन्न व्यक्ति तथा संघसंस्थाहरुसँग समन्वय गरेर विभिन्न सहयोग गर्दै आएको छ ।
सहयाेगीहरु ।
Shakuntala Rai -50
Ang phuti-25
Penjing-20
Saru lamsal-21
Sanju lama-50
Suruchi shrestha-21
Asmita rai -21
Bina tamang-21
Sandy pandit -21
Shshila sitaula-20
Total-270