• होमपेज
  • समाचार
  • एकैपटक १२१ डीएसपीको सरुवा (सूचीसहित)

एकैपटक १२१ डीएसपीको सरुवा (सूचीसहित)

६१ जना इन्स्पेक्टरको पदस्थापन र काज

  • बिहिबार, बैशाख ११, २०८२
एकैपटक १२१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं — प्रहरी प्रधान कार्यालयले १२१ प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको छ ।

बिहीबार एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले १२१ डीएसपीको सरुवा गरेको हो । सरुवा सूची अनुसार केही जिल्ला, वृत्त र इलाका प्रहरीहरु समेत हेरफेर भएका छन् ।
त्यस्तै प्रहरी प्रधान कार्यालयले बढुवा भएका ६१ जना इन्स्पेक्टरहरूको पदस्थापन र काज सरुवा गरेको छ । वैशाख ९ मा बढुवा भएकाहरूलाई आईजीपी दीपक थापाले पदस्थापन र काज सरुवाको निर्णय गरेका हुन् । इन्स्पेक्टर सुदिप थापा, रवि घिमिरे र जगतबहादुर राईलाई सीआईबीमा पदस्थापन गरिएको छ ।

कृष्णराज सेढाईलाई विशेष ब्युरोमा काज सरुवा गरिएको छ । जंगबहादुर अधिकारीलाई सीआईबीमा काज गरिएको छ । सुरज बुढाथोकीलाई मानव बेचबिखन ब्युरो, रेवतकुमार पोखरेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र लोकेन्द्रकुमार रावललाई लागुऔषध नियन्त्रण ब्युरोमा पदस्थापन तथा काज सरुवा गरिएको छ ।

 

चर्चामा

सम्बन्धित समाचार