बाजुरा—जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीको सरुवा भएको छ । २०८० चैत्र ८ गते सरुवा भएर बाजुरामा आएका गिरीको सरुवा भएको हो ।
नेपाल प्रहरी प्रधान कार्यालयको सरुवा सम्बन्धी सूचना अनुसार डिएसपी गिरीको सर्वोच्च/विशेष अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाई रामशाहपथमा भएको जनाएको छ ।
त्यस्तै गिरीको सरुवापछि बाजुरा प्रहरी प्रमुखमा इकबाल हवारी आउने भएका छन् । उनी राष्ट्रिय सुरक्षा परिषद् सचिवालयबाट सरुवा भएर बाजुरा आउन लागेका हुन् ।