उसले सधैँ मलाइ नै मन पराउँछ किन होला,
मेरै नोक्सान हुँदा ऊ गुनगुनाउँछ किन होला।
जब मित्र बन्छ त्यो मेरै घरमा प्रवेश गर्छ सधैँ,
डर लाग्छ र हृदय समेत रिसाउँछ किन होला।
साँच्चैभन्दा क्रान्तिकारी थिएँ कुनैवेला मैपनि,
अचेल आफ्नै बिगतले गिजाउँछ किनहोला।
बा भन्थे छोरा झुट नबोल्नु तिमी पाप लाग्छ,
तर जीवनसाथिले नै झुट रूचाउँछ किन होला।
कुनैवेला भाइलाई यिनै हतले खेलाएको थिएँ,
अचेल यिनै हात काटिँदा रमाउँछ किन होला।
जेलको बाहिर सुधार गृह लेखेको थियो मित्र,
भित्र उनैले भ्रष्टाचार गर्न सिकाउँछ किन होला।