• होमपेज
  • राजनीति
  • पूर्वमन्त्री गिरीद्धारा बाजुरा क्याम्पसको अनुगमन

पूर्वमन्त्री गिरीद्धारा बाजुरा क्याम्पसको अनुगमन

  • शनिबार, बैशाख ६, २०८२
पूर्वमन्त्री गिरीद्धारा बाजुरा क्याम्पसको अनुगमन

बाजुरा—नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री पदम गिरीले बाजुराको सदरमुकाम मार्तडी स्थित बाजुरा क्याम्पसको अनुगमन गरेका छन् । शनिवार कोल्टी हुदैँ मार्तडीमा पुगेका नेता गिरीले क्याम्पसको निरीक्षण गरेका हुन् ।

पार्टीका केन्द्रीय सदस्य समेत रहेका नेता गिरीले बाजुरा क्याम्पसको भौतिक तथा शैक्षिक अवस्थाबारे अनुमगन गरेको जनाएको छ ।

बाजुरा क्याम्पस स्ववियू अध्यक्ष लक्ष्मण रोकायाले पूर्वमन्त्री गिरीलाई क्याम्पसको भौतिक तथा शैक्षिक अवस्थाको जानकारी दिइएको र थप विकासका लागि पहल कदमी गरीदिन आग्रह गरिएको बताएका छन् । उनले नेता गिरी सहित स्याङ्जाको फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीको टोलीलाई स्वागत सहित मायाको चिनो प्रदान गरेको बताए ।

चर्चामा

सम्बन्धित समाचार