प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को प्रतिस्पर्धामा रहेका राष्ट्रिय अनुसन्धान विभागबाट आएका अधिकृतहरू छुटेका छन् । राष्ट्रिय अनुसन्धान विभागबाट स्थानान्तरण भएर आएको भनेर तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ज्येष्ठ भए पनि सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर र उमाप्रसाद चतुरवेदीहरुलाई डीआईजी बढुवामा पछि पारेका थिए । तर, यसपटक सो टोली अघिल्लो टोलीलाई पछि पारेर बढुवा हुन चाहन्थ्यो ।
उनीहरू बढुवा सिफारिसमा परेनन् । उनीहरू २०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर प्रहरीमा प्रवेश गरेका हुन् । करिब १५ महिना ढिलो सेवा प्रवेश गरेकालाई यसअघि डीआईजी बनाएको भन्दै भन्दै सो समूह असन्तुष्ट बनेको थियो । २०८१ मङ्सिरमा डीआईजी भएका उनीहरूले एआईजीमा बढुवा हुन तीव्र लबिङ गरेका थिए ।
बिहीबार बढुवा सिफारिस गर्दा बढुवा समितिले डा. मनोजकुमार केसीलाई पछि पारेको छ । २०८१ जेठ ४ मा डीआईजी हुँदा उनी राजन अधिकारी भन्दा अगाडी थिए ।