• होमपेज
  • बाजुरा बिशेष
  • तीन दिन वर्षा हुने, बाली अहिले नकाट्न सुझाव

तीन दिन वर्षा हुने, बाली अहिले नकाट्न सुझाव

  • बिहिबार, बैशाख ४, २०८२
तीन दिन वर्षा हुने, बाली अहिले नकाट्न सुझाव

मौसम पूर्वानुमान महाशाखाले अबको तीन दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको जनाएको छ । यो अवधिमा मुसुरो, गहुँ लगायतका बाली नकाट्न महाशाखाले किसानलाई सुझाइएको छ । मौसमविद् हरि प्रसाद दाहालले अबको तीन दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको बताए ।

पछिल्लो हप्ता परेको पानीबाट प्रभावित गहुँ, मुसुरो खेतबाट पानी निकासको व्यवस्था गर्न, काट्न बाँकी रहेको भए एक–दुई दिन सुक्न दिन, काटिसकेको भए अग्लो/उकास ठाउँ अथवा शेडभित्र सुकाउन र काट्नैपर्ने भए मौसमको अवस्था हेरी खेतमा नछोड्ने गरी भित्र्याउन महाशाखाले सुझाएको छ ।

चर्चामा

सम्बन्धित समाचार