बाजुरा– बिक्रम संबत २०८१ सालमा बाजुरा जिल्लामा स्थानीय तह उपनिर्वाचन देखि स्ववियू निर्वाचनसम्मका विभिन्न राजनीतिक घटना घटनाक्रमले सकरात्मक सन्देश दिएको छ । बिभिन्न समयमा हुने आम निर्बाचन होस या क्याम्पसका स्वबियू निर्बाचनमा गोली चल्ने जिल्लाको रुपमा चिनिएको बाजुराका २०८१ मा केही फरक देखीएको छ । उपनिर्वाचनमा उतारचढाव देखि नेकपा एमाले बाजुराको निर्वाचनसम्म हामीले यो बर्षका राजनितीसंग जोडेका छौ । पार्टीका आन्तरिक निर्बाचन देखी आम निर्बाचन र केही फरक अधिबेशन लगायतका बिषयमा चर्चा गरेका छाै । बेला बेला घटना परिघटना र बिबादमा जोडीने गरेकाे बाजुरा पछिल्लो समय परिर्वतन भएको नागरिक अगुवाको बिष्लेशण छ ।
१. नेकपा एमाले बाजुराको आठौँ जिल्ला अधिवेशन
अव चर्चा गरौ नेकपा एमाले जिल्ला कमिटि बाजुराको आठौँ जिल्ला अधिबेशनको । नेकपा एमालेको जनबादी केन्द्रीयतालाई लत्याएर पहिलो पटक जिल्ला अधिबेशनमा मतदान भयो । पार्टीको केन्द्रीयतालाई परास्त गर्दै नेकपा एमाले बाजुराको पहिलो पटक मतदान प्रक्रियाबाट जिल्ला अधिबेशन भएको हो । नेकपा एमाले बाजुराको यस अघि २०६७ सालमा महाधिबेशन प्रतिनिधीका लागि पहिलो पटक मतदान भएको बाजुरामा २०८१ जेठमा भएको जिल्ला अधिवेशन पार्टीले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि निर्वाचन गएको पहिलो नेकपा एमालेको पहिलो घटना हो ।
२. स्थानीय तह उपनिर्वाचन २०८१
– २०८१ मंसिर १६ गते बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा उपनिर्वाचन भयो । २०८० माघ ४ गते स्वामिकार्तिक खापर गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष मैना जोशीको निधन भएपछि सोहि पदमा उपनिर्वाचन भएको थियो ।
मूलकमा प्रमुख दुई प्रतिस्पर्धी दल नेकपा एमाले र नेपाली कांग्रेस सरकारमा हुँदा हुदै पनि प्रतिपक्षमा रहेको माओवादी केन्द्रसँग सहकार्य गर्दै स्वामीकार्तिकमा एमालले जित हाँसिल गर्यो । उपनिर्वाचनमा माओवादीले एमाले उम्मेद्धार सुलोचना बुढालाई समर्थन गरेको थियो । पार्टीका अध्यक्ष पुष्पकमल दाहल देखी प्रदेश कमिटि र जिल्ला कमिटिले सत्तारुढ दल नेपाली काँग्रेस र एमालेसंग साँटगाठ वा गठबन्धन नगर्न भन्दाभन्दै नेकपा माओबादी केन्द्र स्वामिकार्तिकले बिद्रोह गरेर नेकपा एमालेलाई सघाएको थियो । यो घटनाले पनि जिल्लामा राजनितीमा केही फरकपन भएको हो की भन्ने बिष्लेशण गर्न सकिन्छ ।
३. नेपाल पत्रकार महासंघ बाजुराको निर्वाचन
– २०८१ मंसिर २८ गते देशभर नेपाल पत्रकार महासंघको निर्वाचन तोकिएको थियो । तर पत्रकार महासंघ बाजुरा शाखामा भने निर्वाचन अगावै सर्वसम्मत नेतृत्व चयन गर्यो । दलगत संगठनहरुको सहमती र सहकार्य भएपछि पत्रकार महासंघको यो अधिबेशनले नयाँ सन्देश दिएको छ । देशभर सत्तारुढ गठबन्धनको एलाईन्स भएकोमा बाजुरामा सबै संगठनलाई समेटेर सर्वसम्मत गराएको हो । देशभर पत्रकार महासघको निर्बाचनलाई पार्टीका केन्द्रीय अध्यक्ष देखी जिल्ला तहसम्म चासोको रुपमा लिएको भए पनि बाजुरामा भने पत्रकारहरुका सबै संगठन मिलेर सर्वसम्मत अधिबेशन सम्पन्न गरिएको थियो । यस अघि निर्बाचन भएर धादली समेत भएको पत्रकार महासंघको निर्बाचनमा सबै संगठनहरु मिलेर सर्वसम्मत भएकोमा बाजुराको राजनितीमा केही सुधार र सकरात्मक भएको राजनितिज्ञहरुको बिष्लेशण रहेको छ । जिल्लामा सर्वसम्मत नेतृत्व भएपछि प्रदेश र केन्द्रीय कार्यसमितिका लागि मात्रै मतदान भएको थियो ।
४. स्ववियू निर्वाचन २०८१
– त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त भएको एक मात्र बाजुराको बुढीनन्दा क्याम्पसमा स्ववियू निर्वाचन चैत्र ५ गतेका लागि तोकिएको थियो । अघिल्लो स्वबियू निर्बाचनमा २७ राउण्ड गोली र अश्रुग्यासँ प्रयोग भएको बुढीनन्दा क्याम्पसमा यो पटक धादली रहित सर्बसम्बत भएको छ । अघिल्लो स्ववियू निर्वाचनमा तालबन्दी देखी स्ववियु निर्बाचन स्थगन भएको बाजुरामा यस बर्ष भने अलि फरक सन्देश दिएको छ । क्याम्पसमा निर्वाचन तोकिएको समय अगाडि नै सर्वसम्मत स्ववियू नेतृत्व चयन हुनुले एउटा सकारात्मक सन्देश प्रवाह गर्यो । बुढीनन्दा क्याम्पसमा अनेरास्ववियुका लबिन्द्र शाही (भास्कर) को नेतृत्वमा नेविसंघ सहित सर्वसम्मत नेतृत्व घोषणा भयो ।
त्यस्तै सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतका आंगिक क्याम्पस बाजुरा क्याम्पस र बडीमलिका क्याम्पसमा पनि स्ववियू नेतृत्व सर्वसम्मत नै घोषणा भयो । चैत्र २७ गते निर्वाचन तोकिएकोमा त्यस अगावै दुवै क्याम्पसमा सबै संगठन अटाउने गरी नेतृत्व घोषणा भएको थियो । बाजुरा क्याम्पस स्ववियु अध्यक्षमा अनेरास्ववियुका लक्ष्मण रोकाया रहने गरी निर्विरोध नेतृत्व चयन भएको थियो भने बडीमालिका क्याम्पसमा पनि नेविसंघका सविन रावतको नेतृत्वमा टिम चयन भएको थियो ।