• होमपेज
  • देश/प्रदेश
  • प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी

प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी

  • शनिबार, चैत्र २९, २०८१
सेयर गर्नुहोस् :
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी

सभामुख देवराज घिमिरेले रुपन्देही क्षेत्र नम्बर तीनबाट प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधनपछि एक स्थान रिक्त भएको जानकारी दिएका छन् । प्रतिनिधि सभा सदस्य बोहराको चैत १९ गते निधन भएको थियो । सांसद बोहोराको उपचारको क्रममा निधन भएको हो ।

नेपालको संविधानको धारा ८९ को खण्ड च बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान रिक्त हुनआएकाले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१५ को उपनियम २ बमोजिम सूचना प्रकाशित गरिएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले उल्लेख गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार