बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • जाजरकोटमा गएकाे भूकम्पले बाजुरामा समेत धक्का

जाजरकोटमा गएकाे भूकम्पले बाजुरामा समेत धक्का

  • शुक्रबार, चैत्र २१, २०८१
सेयर गर्नुहोस् :
जाजरकोटमा गएकाे भूकम्पले बाजुरामा समेत धक्का

बाजुरा– जाजरकोट केन्द्रबिन्दु भएको शुक्रबार साँझ भूकम्प गएको छ । भूकम्प साँझ ८ बजेर ७ मिनेटमा गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।

केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास रहेको थियो । यसको तीव्रता ५.२ म्याग्निच्युडको रहेको छ । भूकम्पको धक्का आसपासका बाजुरा लगायतका  जिल्लाहरूमा पनि महसुस भएको थियो ।
यसअघि बिहीबार अपराह्न दार्चुलामा भूकम्प गएको थियो। भूकम्पको केन्द्रबिन्दु अपी हिमाल आसपास रहेको थियो । यसको तीव्रता म्याग्निच्युडमा ४ मापन गरिएको थियो । त्यस्तै चैत १३ गते हुम्ला कालिका भएर भूकम्प गएको थियो । भूकम्पको तीव्रता ४.५ म्याग्निच्युड रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार