बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • छुटाउनु भयो कि?
  • बाजुराको एक परीक्षा केन्द्रबाट दुई दिनकी सुत्केरी एसईई दिदैँ

बाजुराको एक परीक्षा केन्द्रबाट दुई दिनकी सुत्केरी एसईई दिदैँ

  • बिहिबार, चैत्र ६, २०८१
सेयर गर्नुहोस् :
बाजुराको एक परीक्षा केन्द्रबाट दुई दिनकी सुत्केरी एसईई दिदैँ
फाइल तस्विर

बाजुरा—बिहीवार अर्थात आज सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बाजुराबाट एक सुत्केरी समेत सहभागी भएकी छन् । जिल्लाको जगन्नाथ गाउँपालिका वडा नम्बर २ की दुई दिनकी सुत्केरी अम्रावती ल्वार एसईई परीक्षामा सहभागी भएकी हुन् ।

अन्दाजी २० बर्षीय सुत्केरी ल्वार वडा नम्बर १ मा रहेको सरस्वती माध्यमिक विद्यालय ढाडाकोटबाट नियमित विद्यार्थी हुन् ।

दुई दिनकी सुत्केरी ल्वार पालिकाको कैलाश माध्यमिक विद्यालयको परीक्षा केन्द्र महतीबाट एसईई परीक्षा दिन रहेकी शिक्षा विकास तथा समन्वय इकाई प्रमुख टिकाराम जोशीले बताएका छन् । उनका अनुसार उनलाई घरबाट गाडीमा ल्याएर अर्को कुनै व्यवस्था नभएकाले सहज रुपमा  उनी आफैं एसईई परीक्षा दिई रहेकी छन् ।

चर्चामा

सम्बन्धित समाचार