
बाजुरा—जिल्ला प्रशासन कार्यालय बाजुरा परिसरमा शिव मन्दिर निर्माण कार्य सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले कर्मचारीहरुको श्रमदानबाटै कार्यालय परिसरमा शिव मन्दिर निर्माण गर्न लागेकाे हो ।
प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जिल्ला प्रशासन कार्यालय लगायत अन्य केही कार्यालयमा कार्यरत कर्मचारीहरुको श्रमदानबाट कार्यालय परिसर शिव मन्दिर निर्माण गर्न लागिएको बताए । उनका अनुसार मन्दिर निर्माणका लागि विभिन्न व्यक्ति तथा कार्यालयहरुको सहयोगबाट आवश्यक सामग्री जुटाएर काम सुरु गरिएको छ ।


