• होमपेज
  • राजनीति
  • त्रिबेणी नगरपालिका अनेमसंघको अधिबेशन सम्पन्न

त्रिबेणी नगरपालिका अनेमसंघको अधिबेशन सम्पन्न

  • बुधबार, माघ २३, २०८१
त्रिबेणी नगरपालिका अनेमसंघको अधिबेशन सम्पन्न

बाजुरा– नेकपा एमाले निकट अखिल नेपाल महिला संघ त्रिबेणी नगर कमिटिको दोस्रो नगर अधिबेशन सम्पन्न भएको छ । त्रिबेणी नगरपालिकामा एक कार्यक्रमका बिच अधिबेशन सम्पन्न भएको हो ।
अधिबेशनबाट गिता थापा खत्री अध्ययक्ष रहने गरि १३ सदस्यि समिति निर्बिरोध निर्बाचीत भएको अनेमसंघ त्रिबेणी नगरपालिकाले जनाएको छ । जसमा उपाअध्यक्षमा रामप्यारी सार्की, सचिव मैनादेवी शाही, सहसचिव अनिता कुमारी बुढा र कोषअध्यक्षमा पुष्पादेवी साउँद लगायत १३ सदस्यीय समिति गठन गरिएको जनाएको छ ।
गिता थापा खत्रीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज माया कुवँर खड्का रहेकी थिईन ।

चर्चामा

सम्बन्धित समाचार