• होमपेज
  • बाजुरा बिशेष
  • प्रेस चौतारी नेपाल बाजुरामा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा पाध्याय

प्रेस चौतारी नेपाल बाजुरामा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा पाध्याय

  • मङ्लबार, माघ २२, २०८१
प्रेस चौतारी नेपाल बाजुरामा सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा पाध्याय

बाजुरा—प्रेस चौतारी नेपाल जिल्ला शाखामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । मंगलवार जिल्ला सदरमुकाम मार्तडीमा प्रेस चौतारी नेपाल जिल्ला शाखा बाजुराको २७ औं स्थापना दिवससँगै छैटौं जिल्ला अधिवेशनको उद्घाटन पछि बन्द सत्रबाट सर्वसम्मत नेतृत्व चयन भएको हो ।

जसमा अध्यक्षमा लक्ष्मीराज पाध्याय रहने गरी ११ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको छ । त्यस्तै प्रेस चौतारी नेपाल बाजुराको उपाध्यक्षमा धनकृष्ण वि.क, कमला चदारा, सचिवमा सुशिल रोकाया, सह–सचिवमा दिपक बडुवाल, प्रमित वि.क, कोषाध्यक्षमा धनबहादुर वि.क लगायत सदस्य सहितको नेतृत्व चयन भएको जनाएको छ ।
त्यसैगरी जिल्ला शाखा कार्य समितिसँगै ४ जना केन्द्रीय प्रतिनिधि परिषद् र ५ जना प्रदेश परिषद् पनि सर्वसम्मत चयन भएको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार